रातभरि बिनायो बजाउँदै

गणेश र्राई
तस्बिर ः लेखक
२०६३ कात्तिक ५ गते

रिटिङ रिटिङ नबजाऊ बिनायो
बिनायोले मन मेरो छिनायो
साइँला दाइ
आइयाया आक्काका..............

यी गीतका पंक्ति कत्ति पुरानो पुस्ताको जिब्रोमा झुण्डिएकै हुनरु्पर्छ या नयाँ पुस्ताले सुन्नै नपाएका पनि हुनसक्छ । लोकजीवन बाँच्ने एउटा आधार हो, बिनायो संस्कृति । बैंस छउन्जेल बजाउँने बिनायो । तन्नेरी-तरुनी हुनुको चिनो आज बिस्तारै छेउलागेको छ ।

तिहार आउँनै लाग्दा ओखलढुंगाको मानेभञ्ज्याङ्ग-७ उदयपुरगाउँमा 'वाम्बुले र्राई भाषाको कविगोष्ठी र बिनायो बजाउने प्रतियोगिता-२०६३' । सर्न्दर्भ महाकवि लक्ष्मीप्रसाद देवकोटाको ९८ औं जन्मजयन्ती । बारीका कान्ला र डिलहरूमा झुलिरहेका मखमली, सयपत्री, गोदावरी फूलहरू हेर्दै कविहरूले कविता वाचन गरे भने बूढापाकाहरू बिनायो बजाउन तम्सिए । रातो माटो र कमेरोले लिपिएका खरले छाइएका घर, आँगनमा बैंसको स्मरण गरे पुराना पुस्ताले ।

दिनभरि सुने कविता र झमक्कै रात परेपछि बत्तीबालेर सुरु भयो बिनायो प्रतियोगिता । झमझम पानी पर्दै थियो, मातृभाषामा गीत गाउँदै नाचेका थिए भने सहभागीहरूमा बैंसको रहर बाँकी थियो ।

'बूढा भयो, समरङ्गै गयो', प्रतियोगी वृद्ध धनबीर राईले भने-'बैंसमा कतिलाई बिनायो चिनो दिइयो तर आज आएर प्रतियोगितामा भाग लिनपाउँदा ज्यादै खुशी लागेको छ ।'

दश प्रतियोगीलाई उछिन्दै पहिलो पुरस्कार पाएकी ६४ वषरी्या लाखसरी र्राई हौसिदै भाका मिलाइ-मिलाइ बजाइन् बिनायो । 'उहिलेको बिनायो सबै थोत्रियो, अब नयाँ खिप्ने (बनाउने) पनि कम छन्', चौबन्दीको तुना मिलाउँदै उनीले भनिन् ।

प्रतियोगीमध्ये कान्छी ३६ वषरी्या स्वामिता राईले भनिन्- 'अब त चलन हरायो, हाम्रा भाइ-बहिनीहरूले बनाउन त के बजाउन पनि जान्दैनन् ।' गाउँभरि 'मुर्चुङ्गा' खोज्दा पनि नपाएपछि प्रतियोगिता गराउन नपाएकामा स्थानीय लिब्जु जनकल्याण र भीमसेनस्थान युवा क्लबका पदाधिकारी थकथकिदै थिए ।

बिनायो र मुर्चुङ्गाबारे इतिहासकार शिवकुमार श्रेष्ठले 'लिम्बूवानको ऐतिहासिक अध्ययन' पुस्तकभित्र र्राई जातिको चिनारी दिंदै लेखेका छन्-'नेपालका विभिन्न जातिहरूमा सबभन्दा बढी संगीतप्रेमी जाति र्राई तन्नेरी तरुनीहरू देखिन्छन् । बिनायो र मुर्चुङ्गा उनीहरूका अभिन्न अंग हुन् । पहाडका काली-ओरालीहरू हिंड्दा, गोठालो जाँदा, घाँस दाउरा गर्न वन जंगल जाँदा र चौतारीमा थकाइ मार्दा जुन बखत अतिकति फरु्सद पाउँछने, उनीहरू बिनायो र मुर्चुङ्गा बजाउन थालिहाल्छन् र त्यको मीठो धूनले सम्परू्णा् वातावरणलाई नै संगीतमय बनाइदिन्छन् ।'

बिनायो बैंसको चिनो हो, दाँत झरेकाले बजाउँनै सक्दैनन् । ओल्लोकिरात, माझकिरात र पल्लोकिरात क्षेत्रमा बिनायो बाजा प्रचनलमा छ । त्यही विषय समेट्दै इतिहासकार श्रेष्ठ अगाडि लेख्छन्- 'यसरी र्राई तन्नेरी तरुनीहरू बिनायो र मर्चुङ्गाको मीठो धूनमा एक छिनको लागि आफ्ना सम्पुर्णा दुःख दर्द र थकाइलाई बिर्सदै जीवनमा आनन्दा लिन्छन् र छुट्टनिे बेलमा तन्नेरीले तरुनीलाई बिनायो दिएर र तरुनीले तन्नेरीलाई रुमाल दिएर छुट्टनि्छन् ।'

'कम्मरमा छिर्लिङ्गै खरु्पा, चोलीको तुनामा बिनायो र मुर्चुङ्गा झुण्डाएर लाछामा सुगन्धी फूलपात बाँधेर उन्मुक्त भावमा हिंडडुल गर्नु र्राई जातिको नारीको विशेषता हो,' तात्कालीन सञ्चारमन्त्रालयद्वारा २०३१ सालमा प्रकाशित 'मेचीदेखि महाकाली भाग-१'मा लेखिएको छ ।

परम्परा जोगाउन बिनायो प्रतियोगिता गर्नु परेको आयोजक संस्था वाम्बुले र्राई समाज (वाम्रास)की कोषाध्यक्ष दिलकुमारी र्राई बताउँछिन् । 'अब हाम्रो परम्परागत संस्कृति जोगाउनु पर्छ भनेर अभियानका रुपमा अघि बढेका हौं', परम्परागत भेषभूषा, गरगहनालाई संस्थागत रुपमा पुनः प्रयोगमा जोडदिएको उनीले बताइन् ।

किरात र्राई सांस्कृतिक कलाकार संघका अध्यक्ष तथा गायक जितेन र्राई प्रकृतिपूजक किरातीहरूले बाँसको प्रजातिमध्ये मालिङ्गोबाट बनाएर बजाउने मौलिक बाजा बिनायो भएको बताउँछन् । 'बिनायो र मुर्चुङ्गा हाम्रो मौलिक किराती बाजा हो तर छेउलाग्दो छ', बिनायोको प्रयोग सम्भव भएको उल्लेख गर्दै संगीतकार जितेन भन्छन्- 'मैले यसलाई साकेला गीतमा प्रयोग गरेको छु ।' बिनायोलाई संगीतको सुर-तालमा ढाल्न सकिने उनको दावी छ ।