व्याकुल माइला हङकङमा सम्मानित

हङकङ, जेठ ७ - नयाँ राष्ट्रगानका रचयिता प्रदिपकुमार र्राई 'व्याकुल माइला' लगायतलाई हङकङमा सम्मान गरिएको छ ।

यहाँस्थित युनलङ थेटरमा हिजो साँझ सम्पन्न 'यलम्वलर नाइट-दोस्रो'मा सम्मानित हुनेहरुमा सगरमाथा आरोही प्रथम किरात इन्द्रबहादुर र्राई र कवि श्रवण मुकारुङसमेत रहेका छन् ।

नेपालका राष्ट्रिय व्यक्तित्वहरुलाई प्रवासमा सम्मान गरिएको कार्यक्रमको सह्राना गर्दै कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टर्राईले यसलाई परम्पराको रुपमा विकाश गरी अन्य व्यक्तित्वहरुकोसमेत सम्मान गरिनुपर्ने विचार व्यक्त गरेका थिए ।

सम्मानित व्यक्तित्वहरुलाई किरात र्राई यायोक्खा हङकङका अध्यक्ष नरहाङ राईले किराती परम्परानुसार फेटा गुथाएका थिए । कावा महावाणिज्यदूत हेमलाल भट्टर्राई, हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन र्राई र नेपाल आदिवासी जनजाति महासंघ हङकङका महासचिव भूपेन्द्र चेम्जोङले सम्मानित व्यक्तित्वहरुलाई संयुक्त रुपमा ताम्रपत्र प्रदान गरेका थिए ।

कार्यक्रम संयोजक किसन राईले स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा नेपालका राष्ट्रिय व्यक्तित्वहरुको सम्मानका लागि यायोक्खा माध्यममात्र रहेको विचार व्यक्त गर्दै उनीहरुको सम्मान सिर्जनशील साहित्य समाज, जनजाति साहित्यिक समूह, हङकङ गोर्खाज फोरम र हङकङ पनसेटिया विद्यालयलेसमेत गर्न गर्न गइरहेको जानकारी गराएका थिए ।

कार्यक्रममा कवि मुकारुङले 'विसे नगर्चीको वयान' लगायतका कविताहरु वाचन गरेका थिए भने गायकद्वय राजेश पायल र्राई र लासिमित राईले गीतहरु प्रस्तुत गरेका थिए । उनीहरुलाई स्थानीय गायक टोपराज लामा र अन्तिम राईले साथ दिएका थिए । कार्यक्रम संचालन देवराज र्राई र लक्ष्मी थापाको रहेको थियो ।

Byakul Maila

Byakul Maila

व्याकुल माइला हङकङमा सम्मानित