मनाइयो ढ्वाङकुपुर्ने चाड
गणेश राई
काठमाडौं । वाम्बुले राईहरुले परम्परागत चाड ुढ्वाङ्कुमपुर्नेु-२०६६ मनाएका छन् । वाम्बुले राई समाज नेपाल वाम्रास केन्द्रीय कार्यसमितिको आयोजनामा साउन २१ गते बुधबार इमाडोल-७ कोड्कुकोलोनी ललितपुरमा मनाएका हुन् । परम्परादेखि गाउँघरमा सामूहिक रुपमा मनाउने यो चाड २०५८ सालदेखि राजधानीको इमाडोलमा भेटघाटसहित मनाउन सुरु गरिएको हो ।
कार्यक्रमको पहिलो चरणमा वाम्बुले राई भाषाका दुई कृति विमोचन गरिएको थियो । विमोचित कृतिमा ुजोजनखो पौलोु नामक गीति सीडी तथा एल्बम र ुवाम्बुले राडुयोरल्वाम कवितातिडु वाम्बुले राई भाषाका कविताहरु छन् । प्रमुख अतिथि राष्ट्रगानका रचनाकार व्याकुल माइला प्रदीपकुमार राई संस्थाका सल्लाहकारहरु कोशकार अविनाथ राई बालबाजी राई श्रीमती दिलमाया राई र पत्रकार पुष्पहरि क्याम्पाराई तथा आजीवन सदस्य िसंगापुर पुलिस फोस्रबाट अवकासप्राप्त इनस्पेक्टर श्यामकुमार राईबाट विमोचन भएको हो ।
एल्बममा रहेका पाँचवटा गीत गायक बडाजित राई इन्द्रजाबा राई र जीवन हाताचो तथा गायिका कर्कुमा राई र रमा राईले स्वर रहेको छ । लोकभाकाहरुको शब्द संकलन व्याकुल माइला शुभचन्द्र राई जीवन हाताचो र धु्रव संयम राईले गरेका छन् । वाम्रास संस्थाबाट प्रकाशित यो दोस्रो गीति एल्बम हो । २०५६ सालमा ुराम्दले सालाङु गीति एल्बम सार्वजनिक भएको थियो ।
यसैगरी वाम्बुले भाषाको पहिलो कविता संग्रहमा ३५ जना कविको ५८ कविता छन् । वाम्बुले राई साहित्य प्रकाशनद्वारा प्रकाशित संग्रहको सम्पादन गणेश राईले गरेका हुन् ।
संग्रहभित्र रहेका कविहरुमा अविनाथ राई इन्द्रजाबा राई उदय जिज्ञासु राई कल्याण पाहुना राई कारबारीङ चाचो गणेश राई जगतधन राई जीवन हाताचो दिनेश वाम्बुले राई दिलीप राई दुर्गा बैरागी राई धनुष राजु राई ुराशिु धीरेन्द्र रुम्दाली पुष्पहरि क्याम्पाराई पेशल द्वार् वाङ्चा राई प्रकाशहरि क्याम्पाराई प्रमोद दीनदुःखी राई प्रवीण प्रतीक्षा बसन्त राई विद्रोही साइला बीबी राई ुनिर्माणु बिरही गीता राई बिर्जमान राई भुवन गुर्भा राई ुआँसु महाजित राई ुशोभनु मिलन बिर् वाङ्चा रजन सुबुकु वाम्बुले कान्छा ुआश्राु विरही विमल राई व्याकुल माइला शुभकुमारी राई शुभचन्द्र राई शुभराज राई काजी हिकोला राई र हिरामाया राई छन् ।
उपस्थित सम्पूर्णलाई संस्थाका कार्यवाहक अध्यक्ष गजुरधन राईले स्वागत गर्दै वाम्बुले राई समाज स्थापनाकालदेखि हालसम्मको उपलब्धि र आगामी योजनाबारे जानकारि दिएका थिए । गायक गायिका र रचनाकारलाई खादा ओढाएर सम्मान गरिएको कार्यक्रममा गीति एल्बम र समाजको आर्थिक पक्षबारे संस्थाका कोषाध्यक्ष जीवन हाताचो राईले जानकारी दिएका थिए । यसैगरी कविता संग्रह र वाम्बुले राई भाषाको विकासबारे चर्चा गर्दै कोशकार अविनाथ राईले संग्रहमा रहेको आफ्ना दुई कविता वाचन गरेका थिए ।
प्रमुख अतिथि व्याकुल माइलाले वाम्बुले राई समाज ढ्वाङकुमपुर्ने परम्परा र विमोचित गीतलाई कान्तिपुर एफएममा बजाउन लगाएर अन्तर्वार्ता दिएको सन्र्दभबारे चर्चा गरेका थिए । यसैगरी पत्रकार पुष्पहरि क्याम्पाराईले आफ्नो साहित्यिक यात्रा र प्राप्त पुरस्कारको राशिबाट ुलिब्जु-भुम्जु पुरस्कारु स्थापना गरको उल्लेख गरे । उक्त पुरस्कार ुलिब्जु-भुम्जु पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एकलाई पुरस्कृत गरिदै आएको छ ।
ओखलढुंगा खोटाङ सिन्धुली उदयपुरलगायत जिल्लाबाट राजधानी आइबसेका वाम्बुले बाहिङलगायत करिब चार सयजनाको उपस्थितिमाझ किरात राई विद्यार्थी संघका केन्द्रीय महासचिव तथा कवि धीरेन्द्र रुम्दालीले संग्रहमा रहेको आफ्नो कविता वाचन गरेका थिए ।
यसैगरी आजीवन सदस्य इनस्पेक्टर श्यामकुमार राईले जातीय पहिचानका निम्ति सहरमा परम्परागत चाड मनाउनु सराहनीय भएको बताए । संस्थाका महासचिव तथा कार्यक्रम साचालक गणेश राईले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत ढ्वाङकुमपुर्नेलाई सिर्जनात्मक बनाउने बताए । औपचारिक कार्यक्रमको समापनसँगै संगीना नाच प्रदर्शन गरेका थिए । खानपिनसँगै रंगरवास गर्ने क्रममा मध्येरातिसम्म तन्नेरीहरु नाचगान गरेका थिए ।
ढ्वाङकुमपुर्ने-२०६६ु आयोजक समितिका संयोजक वाम्रास कार्यसमिति सदस्य दिलबहादुर राई रहेका थिए । टेन्ट खानापान तथा आर्थिक व्यवस्थापनमा पचुराम राई अर्जुन राई गणेश राई मिलन बिर् वाङ्चा विकास राई ुसौगातु नरेश राई कृष्णबहादुर राई होमराज राईलगायतको सकि्रयता रहेको थियो ।
भिडियो रेकर्डिङ तथा माइक व्यवस्थापनमा कार्यसमिति सदस्य चन्द्रबहादुर राईलगायत एभरेष्ट कल्चर तथा मिडिया एकेडेमीका सदस्यहरुको सकि्रय भूमिका रहेको थियो । यसैगरी महिलातर्फबाट श्रीमती मिना राई दिलमाया राई रुपामाया राई सीता राई औला राई कामना राईलगायतको सकि्रयता थियो ।
वाम्बुले राई जातिबार प्राप्त सामग्रहरु र मूल्य ः
१। राम्दले सालाङ गीति एल्बमरु।१००÷-
२। वाम्बुले राई शब्दकोश पुस्तकरु।३००÷-
३। वाम्बुले राई जाति ः भाषा र संस्कृति पुस्तकरु।२००÷-
४। लिब्जु-भुम्जु त्रैमासिकप्रति अंकरु।२५÷-
५। कावा मासिक प्रति अंक रु।५÷-
६। जोजनखो पौलो गीति एल्बम रु।१००÷-
७। जोजनखो पौलो सीडी रु।३००÷-
८। वाम्बुले राडुयोल्वाम कवितातिड पुस्तक रु।१५०÷-
९। गुन्यू चोली एक सेट प्रतिमिटर रु।१००÷-आवश्यकताअनुसार
तस्बिर ः मिलन बिर् वाङचा
News
- Dhwangkum Workshop and get-together
- Website Updated
- सदस्यता लिन हुन।
- राष्ट्रपतिलाई ज्ञापनपत्र
- येले संबत् ञापनपत्र
- रातभर कविता
- वाम्बुले राई भाषाको ११ औं कविगोष्ठीमा कमल प्रथम
- Kavigosthi 2066 to be held in Bahunidanda
- मनाइयो ढ्वाङकुपुर्ने चाड
- Wambule Rai Poem Collection Book
- WAMRAS seeking financial support for building plans
- Kavigosthi 2065 held in Sokmatar
- Libju-Bhumju Award 2064 for Mr. Mumche Rai
- Wambule Rai celebrate Dhwangkumpurne 2065
- Kavigosthi 2065 to be held in Sokmatar
- Kirats celebrate Sankewa Uvauli
- WAMRAS organizes Wambule language workshop
- WAMRAS appoints new Committee 2064
- Libju-Bhumju Award 2063 for Mr. Kyampa Rai
- Kavigosthi 2064 to be held in Umbu
- Wambule Rai celebrate Dhwangkumpurne 2064
- Dhwangkumpurne 2064 to be held in Imadol
- Kirat Rai Yayokkha organizes Kavigosthi 2064
- New milestones for July 2007
- Wambule Rai Language Literacy Class
- व्याकुल माइला हङकङमा सम्मानित
- Poet Byakul Maila’s song selected as Nepal’s new National Anthem
- Wambule Rai language conference held
- वाम्बुले राई भाषामा कविगोष्ठी
- Fund raising for buying land in Kathmandu for the Wambule Rai Society
- Jagga Khrid Tatha Bhawan Nirman Nirdesika
- Call for promotion of Kirat Rai languages
- Kirati drama Jwalya Sudhai performed
