रातभर कविता
कुम्भराज राई
तस्बिर: लेखक
दूधकोसीको झोलुंगे पुलमा झन्डै ठेलेका ती दुईजनाले । पुलको बाटो साँघुरो भएकाले मात्रै हो उनीहरुको नियत नराम्रो भने होइन । हेर्दा यस्तै १२-१५ वर्षका देखिने किशोर थिए ती । ‘यतैकतैका फुच्चाहरु होलान्’ यस्तै सोच्दै साथी पर्खिरहेको थिएँ । ओखलढुंगा र खोटाङ जोड्ने दूधकोसी जयरामघाटको पुलमा उभिएर दक्षिणतिर फर्किंदा घामै छेल्ने डाँडो शिरमाथिको भादगाउँले टोपीभन्दा ठाडो उभिएको देखियो ।
‘कसरी उक्लिने होला..’ सोच्दै गर्दा कवि मित्र देवकुमार कान्छा आइपुगे । ‘जाउ िछट्टै पुग्नुपर्छ’ कान्छाले भने अहिले कविगोष्ठीमा फोटो खिच्नुपर्ने, क्यामराको रिल बजारमा खोज्दाखोज्दै ढिला भो ।’ उनले झोलाबाट झिकेर देखाउदै भने, ‘निकै पुरानो क्यामरा हो यो ।’
अनि पाइला अघि सरे । दूधकोसीदेखि उकालो लाग्ने ठाउमै भेटिए अघिका दुई किशोर पनि । ‘भाइहरु कविगोष्ठीतिरै हो ? ’ कान्छाले सोधे । जवाफ आयो ‘हो’ । उकालो लाग्दै गर्दा तल कोसी किनारतिर पनि कविगोष्ठीमै आउदै गरेका मान्छेका लहर देखिन्थे । माथि डाडातिर पनि लर्को नै थियो ।
पसिनाले निथ्रुक्कजस्तो भए पनि थकाइ कम महसुस थियो । वाम्बुले राई भाषाको ११ औं कविगोष्ठी भए पनि मेरो भने पहिलो पटक कविगोष्ठी हेर्ने र सुन्ने मौका थियो । नयाँ ठाउँ र नौलो किसिमको कार्यक्रम हेर्ने तीव्र इच्छा र उत्साहले कम थकान महसुस भएको थियो ।
बारीका कान्ला-भित्ता र घरका आँगन करेसाबारीका डिलहरुमा फुलेका सयपत्रीले मनै चंगा बनाइरहेका थिए । १० वर्षसम्म ओखलढुंगामै सम्पन्न वाम्बुले राईहरुको कविगोष्ठी यसपालि भने पहिलोपटक खोटाङको बाहुनीडाँडा गाविसको वडा ७ मा पर्ने झाप्पाडाँडामा हुदै थियो । पहिले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती नाम दिइएको कविगोष्ठी यसपालि भने यलम्बर स्मृति कविगोष्ठी-२००९’ भनिएको थियो । मिति पनि फरक । यसअघि सधैं कात्तिकमा हुन्थ्यो कविगोष्ठी यो पटक २०६६ असोज २८ बुधबार अर्थात् १४ अक्टोबर २००९ किरात येले संवत् ५०६९ मा तय गरिएछ । कविगोष्ठी सुरु हुने निर्धारित समय बिहानको ११ बजे भनिए पनि हामी दूधकोसी किनारबाट मात्रै करिब अढाई घन्टा उकालो चढेर कार्यक्रमस्थलमा १२ बजेतिर पुगेका थियौं । कालिका प्राविको प्रांगणमा मान्छेहरुको उपस्थिति क्रमशः बढ्दै थियो ।
वरपर भित्तापाखाभरि १०-१२ वर्षका स्कुले बालबालिकादेखि लिएर ५०-५५ वर्षका बूढाहरुसमेत कविता रचना गर्न व्यस्त देखिन्थे । ‘ए..इ तेरो कविता धयेरो घारीबाट अझै जन्मेन ?’ एउटा व्यंग्यात्मक प्रश्न सुनियो । नभन्दै धयेरोको बुटोबाट आफ्नो कविताको अंश ओकल्दै एक कविमित्र निस्कदै भने, ‘तँलाई के थाहा धँयेरोको घारीमा कति राम्रो कविता जन्मिन्छ भनेर ।’
दर्जनौं कविहरु कनिकुथी कविता कोर्न प्रयासरत देखिन्थे । केही कविहरुले भने लेखेर ल्याएको ‘रेडिमेड’ कविता गोष्ठीका लागि दर्ता गर्दै थिए । वरपरका दृश्य देख्दा यस्तो लाग्थ्यो आशुकवि कति छन् कति छन् यहाँ । देवकोटाभन्दा छिटो कविता रच्दा रहेछन्,’ एकजना मित्रले भने, ‘कस्तो कवि बन्ने होडबाजी हो हौ यो ?’
असोजको अन्तिम चौथो दिन दिउँसो दुई बजेतिर कविगोष्ठीको औपचारिक सुरुवात भयो । डेढ सयभन्दा बढी कविहरुले कविता दर्ता गराएका रहेछन् । कविता मातृभाषामा लेख्नुपर्ने र वाचन आफैंले गर्नुपर्ने भएकाले निकै ढिला वाचन हुनेगर्थ्यो । राष्टि्रय गानका सर्जक व्याकुल माइला (प्रदीपकुमार राई) समेत यस गोष्ठीका सहभागीदेखि लिएर अतिथि हुने गर्थे सधैं । यसपालि भने उपस्थित हुन नसकेको निर्णायकमण्डलका एक कवि महाजित राई शोभनले बताए । उनले व्याकुल माइला पनि वाम्बुले भाषाको कविताबाटै सुरुमा परिचित भएको समेत बताए ।
सबैको कविता आफ्नै परिवेश गाउँघर र दुःख समेट्ने खालका थिए ।
एकजना कविले आफ्नै व्यथा यसरी पोख्दै थिएँ -
कुडुल्वाम दुःखाखो पौम्वाल
कोइलाखानी ल्वामें िथ
कुडु िलङम्वाल डा
आ ब्अिचो ग्लुक्सि तुम्सुमेइ र..
(घरको दुःखले गर्दा
कोइलाखानी गएको थिए
घर फर्कादा त
मेरी स्वास्नी अर्कैसँग
पोइला गइसकिछ ।)
दर्शक श्रोताहरु हासे पनि कवि मित्र भने गम्भीर भएर वाचन गर्दै थिए । ‘लिब्जु-भुम्जु’ त्रैमासिक वाम्बुले राई भाषाको पत्रिका र वाम्बुले राई समाज नेपाल (वाम्रास) संस्थाको आयोजनामा तथा वाम्रास खोटाङ जिल्ला कार्यसमितिको संयोजन र स्वायोङ् स्टार युवा क्लबको सहयोगले आयोजित गोष्ठी दिन ढलेपछि पनि रातभर निरन्तर चलिरह्यो । बालबच्चा, युवायुवती, बूढाबूढीहरु आखा नचिम्लीकन एकाग्र थिए सुन्न । खान बस्नका लागि गाउँभरका घरघरमा ओछ्यान तयार थिए । बँगुर काटेर खाना प्रबन्ध गरिएको थियो ।
कविता वाचनकै क्रममा एउटा अप्रयोतियोगी कविताले निकै चर्चा पायो । कविताको केही अंश यस्तो थियो ।
कविता ऱ्यउम
ना जासी ग्वाक्तु
ना ड्अि चलैदुम्कान्
ब्आब्आस
(कविता लेख्छु
न खान पाइन्छ
न त नामै कमाइन्छ
बेकारमा ।)
‘बेकारमा’ थेगो राखेर लेखिएको कविताले निकै लोकप्रियता कमायो । सबैको मुखमा ‘ब्आब्आस’ अर्थात् ‘बेकारमा’ झुन्डियो । रातभरि कविता वाचन भइरह्यो । समुद्री सतहदेखि झन्ड दुई हजार मिटर उचाईमा रहेको लेकाली डाँडाको चिसो बतासलाई समेत सहेरै कविता वाचनले नै बिहानको पाच बज्यो र सकियो पनि । प्रथम दोस्रो तृतीय र सान्त्वनालाई क्रमशः पाँच तीन दुई र एक-एक सय रुपैयाँ पुरस्कार पाँच जनालाई र प्रमाणपत्र वितरण गरियो । सहभागी सबैले प्रमाणपत्र पाए । विजेताको घोषण गर्ने बेलामा थाहा भयो - दिउँसो आउदाका ती मलाई झन्डै ठेल्ने मानेभाज्याङ् ओखलढुंगाका स्कुले दुई फुच्चाहरु त प्रथम र तृतीय पो भएछन् ।
More
News
- Dhwangkum Workshop and get-together
- Website Updated
- सदस्यता लिन हुन।
- राष्ट्रपतिलाई ज्ञापनपत्र
- येले संबत् ञापनपत्र
- रातभर कविता
- वाम्बुले राई भाषाको ११ औं कविगोष्ठीमा कमल प्रथम
- Kavigosthi 2066 to be held in Bahunidanda
- मनाइयो ढ्वाङकुपुर्ने चाड
- Wambule Rai Poem Collection Book
- WAMRAS seeking financial support for building plans
- Kavigosthi 2065 held in Sokmatar
- Libju-Bhumju Award 2064 for Mr. Mumche Rai
- Wambule Rai celebrate Dhwangkumpurne 2065
- Kavigosthi 2065 to be held in Sokmatar
- Kirats celebrate Sankewa Uvauli
- WAMRAS organizes Wambule language workshop
- WAMRAS appoints new Committee 2064
- Libju-Bhumju Award 2063 for Mr. Kyampa Rai
- Kavigosthi 2064 to be held in Umbu
- Wambule Rai celebrate Dhwangkumpurne 2064
- Dhwangkumpurne 2064 to be held in Imadol
- Kirat Rai Yayokkha organizes Kavigosthi 2064
- New milestones for July 2007
- Wambule Rai Language Literacy Class
- व्याकुल माइला हङकङमा सम्मानित
- Poet Byakul Maila’s song selected as Nepal’s new National Anthem
- Wambule Rai language conference held
- वाम्बुले राई भाषामा कविगोष्ठी
- Fund raising for buying land in Kathmandu for the Wambule Rai Society
- Jagga Khrid Tatha Bhawan Nirman Nirdesika
- Call for promotion of Kirat Rai languages
- Kirati drama Jwalya Sudhai performed
