वाम्बुले राई भाषामा कविगोष्ठी
मानेभञ्ज्याङ, ओखलढुंगा, कार्तिक ४
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ९८ औं जयन्तीका अवसरमा यहाँ 'वाम्बुले राई भाषा' मा आठौं कविगोष्ठी आयोजना गरियो । वाम्बुले राई समाज -वाम्रास) र वाम्बुले राई साहित्य प्रकाशन 'लिब्जु -भुम्जु' पत्रिका परिवारद्वारा आयोजित कार्यक्रममा कल्याण 'पाहुना' राई भए ।
त्यसैगरी ५८ प्रतियोगीमध्ये हीरामाया राई दोस्रो र आश्राचन राई तेस्रो भएका थिए । दत्तसिं राई, शुभकुमारी राई, जीवनकुमार राई, गंगासरी राई र रविन राईले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
विजयीलाई मानेभञ्ज्याङ गाविसका पूर्वअध्यक्ष मोतीराज राईले जनही ५ सय, ३ सय, २ सय र सान्त्वनालाई जनही एक सय रुपैयाँ तथा सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए ।
२०५५ साल यता भइरहेको कार्यक्रममा ओखलढुंगा, खोटाङ, सिन्धुली र उदयपुरका स्रष्टा भेला हुने गरेका छन् । यस वर्ष स्थानीय लिब्जु जनकल्याण युवा क्लबले संयोजन गरेको हो ।
कविगोष्ठीलगत्तै भएको बिनायो बजाउने प्रतियोगितामा लाखसरी राई, मैनासरी राई र सविता राईले क्रमशः पहिलो, दोस्रो र तेस्रो पुरस्कार हासिल गरे । विजयी प्रतियोगीलाई स्थानीय समाजसेवी बखतबहादुर राईले तीन सय, दुई सय र एक सय रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । कवि दुर्गा बैरागी राईलाई 'लिब्जु-भुम्जु पुरस्कार -२०६२' मरणोपरान्त प्रदान गरियो । यसैगरी २०६२ को एसएलसीमा सरकारी विद्यालयबाट उत्कृष्ट अंक हासिल वाम्बुले छात्र जीवनकुमार राईलाई नगद एक हजार र प्रमाणपत्रसहित 'वाम्रास शैक्षिक पुरस्कार' दिइएको थियो ।
News
- Dhwangkum Workshop and get-together
- Website Updated
- सदस्यता लिन हुन।
- राष्ट्रपतिलाई ज्ञापनपत्र
- येले संबत् ञापनपत्र
- रातभर कविता
- वाम्बुले राई भाषाको ११ औं कविगोष्ठीमा कमल प्रथम
- Kavigosthi 2066 to be held in Bahunidanda
- मनाइयो ढ्वाङकुपुर्ने चाड
- Wambule Rai Poem Collection Book
- WAMRAS seeking financial support for building plans
- Kavigosthi 2065 held in Sokmatar
- Libju-Bhumju Award 2064 for Mr. Mumche Rai
- Wambule Rai celebrate Dhwangkumpurne 2065
- Kavigosthi 2065 to be held in Sokmatar
- Kirats celebrate Sankewa Uvauli
- WAMRAS organizes Wambule language workshop
- WAMRAS appoints new Committee 2064
- Libju-Bhumju Award 2063 for Mr. Kyampa Rai
- Kavigosthi 2064 to be held in Umbu
- Wambule Rai celebrate Dhwangkumpurne 2064
- Dhwangkumpurne 2064 to be held in Imadol
- Kirat Rai Yayokkha organizes Kavigosthi 2064
- New milestones for July 2007
- Wambule Rai Language Literacy Class
- व्याकुल माइला हङकङमा सम्मानित
- Poet Byakul Maila’s song selected as Nepal’s new National Anthem
- Wambule Rai language conference held
- वाम्बुले राई भाषामा कविगोष्ठी
- Fund raising for buying land in Kathmandu for the Wambule Rai Society
- Jagga Khrid Tatha Bhawan Nirman Nirdesika
- Call for promotion of Kirat Rai languages
- Kirati drama Jwalya Sudhai performed
