येले संबत् ञापनपत्र

समाचार प्रकाशन तथा प्रसारणका लागि : 'किरात येले संवत् लागू हुनेछ' : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री माधवकुमार नेपालले 'किरात येले संवत्' राज्यले लागू गर्नसक्ने बताउनु भएको छ । किरात येले संवत् अध्ययन समन्वय समितिलगायका संस्थाले यो संवत् लाई राष्ट्रय मान्यता दिन मागसहित बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्याययमा ज्ञापनपत्र बुझाएको थिए । ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री नेपालले उक्त प्रतिक्रिया दिनुभएको हो ।

समन्वय समितिका संयोजक प्रज्ञ वैरागी काइँलाका नेतृत्वमा ज्ञापनपत्र बुभाएको हुन् । टोलीमा किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, याक्थुङ चुम्लुङ र राई यायोक्ख, सभासद्हरू, पूर्वराजदूतलगायतको प्रतिनिधि संलग्न थिए । किरात समुदायमा माघ ९ गतेबाट नयाँ वर्ष लाग्ने मान्यता राख्दछन् । भोलि माघ ९ गतेबाट किरात येले संवत् ५०७० सुरु हुनेछ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा राज्य पुन:संरचनाका क्रममा यो संवत् राष्ट्रय मान्यता दिलाउन काइँलाले प्रधानमन्त्रीका ध्यानाकर्षण गराउनु भएको थियो । प्रधानमन्त्री नेपालले टोलीलाई आश्वस्त तुल्याउँदै बहुजाति, बहुसंस्कृति, बहुधर्म हाम्रो मुलुकको पहिचान भएको बताउँदै प्रमाण तथा दस्तावेजका आधारमा प्रक्रिया पुऱ्याएर किरात येले संवत्् लाई राष्ट्रय मान्यता दिनु सरकार तयार रहेको बताउनु भएको छ ।

टोलीमा संविधानसभाका किरात सभासदहरू, पूर्व सांसदहरू, पूर्वराजदूत प्रा.डा. नोवलकिशोर राई, पूर्व सांसद कुमार फुदुङ, असोक राई, टंक राई, विभिन्न राजनीतिक दलका नेताहरू, पत्रकारहरू, सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, आफूलाई किरात जातिका रुपमा चिनाउने हायु, सुरेल, जिरेल र थामीका प्रतिनिधि सहभाही थिए ।

गणेश राई
सदस्य, किरात येले संवत् अध्ययन समन्वय समिति
काठमाडौं, नेपाल

अरु